Frequently Asked Questions (FAQs)

कक्षा थप अनुमति लिनका लागि पेश गर्नु पर्ने कागजातहरु के के हुन ?

क. दुईवटा छिमेकी विद्यालयको सहमति पत्र ख. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ग. संस्थाको विधान घ. प्यान दर्ताको प्रमाणपत्र ङ. वि.व्य.स. वा विद्यालय सञ्चालक समितिको बैठकको निर्णय च. संस्थामा भएको भौतिक सुविधाको फोटो छ. घरबहाल सम्झौता पत्र ज. घरबहाल कर तिरेको रसिद झ. आर्थिक स्रोत खुलेको प्रतिवद्धता पत्र ञ. गुठि वा सहकारीमा दर्ता भएको प्रमाण ।

विद्यालय सञ्चालन अनुमति लिनका लागि पेश गर्नु पर्ने कागजातहरु के के हुन ?

क. दुईवटा छिमेकी विद्यालयको सहमति पत्र ख. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ग. संस्थाको विधान घ. प्यान दर्ताको प्रमाणपत्र ङ. वि.व्य.स. वा विद्यालय सञ्चालक समितिको बैठकको निर्णय च. संस्थामा भएको भौतिक सुविधाको फोटो छ. घरबहाल सम्झौता पत्र ज. घरबहाल कर तिरेको रसिद झ. आर्थिक स्रोत खुलेको प्रतिवद्धता पत्र ञ. गुठि वा सहकारीमा दर्ता भएको प्रमाण ट. शिक्षा नियमावली अनुसूचि – १ अनुसारको निवेदन (हरेक वर्ष पौष मसान्तभित्र निवेदन दिनुपर्ने छ।)

छात्रवृत्तिका लागि सिफारिस चाहिएमा के गर्ने ?

विद्यार्थीको स्थायी बसोवास भएको वडाको सिफारिस, अघिल्लो कक्षा उत्तीर्ण भएको ग्रेडशिटको फोटोकपि र निवेदकको निवेदन सहित शिक्षा शाखामा पेश गर्ने ।

सामुदायिक विद्यालय हो भनी सिफारिस चाहिएमा के गर्ने ?

सम्बन्धित विद्यालयको सिफारिस पत्र र निवेदकको निवेदन सहित शिक्षा शाखामा पेश गर्ने ।

कक्षा ८ को ग्रेडशिट सच्याउनु पर्यो के गर्ने ?

सम्बन्धित विद्यालयको सिफारिस पत्र‚ सक्कलै ग्रेडशिट र विद्यार्थीको जन्मदर्ताको फोटोकपि सहित शिक्षा शाखामा पेश गर्ने ।

कक्षा ८ को ग्रेडशिट हरायो के गर्ने ?

विद्यालयको सिफारिस पत्र विद्यालयबाट प्रमाणित गरिएको ग्रेडलेजर र सम्बन्धित विद्यार्थीको जन्मदर्ताको फोटोकपि सहित शिक्षा शाखामा पेश गर्ने ।

EMIS Login गर्दा पासवर्ड विर्सियो अथवा Locked भयो के गर्ने?

शिक्षा शाखामा फोन गरेर पासवर्ड रिसेट गर्न लगाउने र शाखाले पासवर्ड रिसेट गरे लगत्तै Nepal@123 पासवर्ड राखेर लगिन गर्ने र तुरुन्त Change Password गर्ने ।

सामुदायिक सिकाइ केन्द्रहरु कति वटा छन ?

३ वटा क. कुशेश्वर सामुदायिक सिकाइ केन्द्र ख. बाघभैरव सामुदायिक सिकाइ केन्द्र ग. प्रयास सामुदायिक सिकाइ केन्द्र

यस नगरपालिका भित्र कति वटा विद्यालयहरु छन ?

क. सामुदायिक विद्यालय – १२ वटा ख. सार्वजनिक शैक्षिक गुठि अन्तर्गतका विद्यालय – ६ वटा ग. कम्पनि ऐन अन्तर्गतका विद्यालयहरु – ४० वटा घ. नीजि गुठि अन्तर्गतका विद्यालयहरु – ४ वटा ङ. वैकल्पिक तथा विशेष विद्यालयहरु – ५ वटा

Didn't find the answer you're looking for? Submit your question here.

Our team will respond to you via email. Your question may also be added to the FAQs in the future to help others if helpful.